News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

चैत २९ गते धनगढीमा एमालेको विषेश सभा हुने

शनिबार, चैत्र २२, २०८१
काठमाण्डौ ।

धनगढी-  नेकपा एमालेले आगामी चैत २९ गते विषेश सभाको आयोजना गर्न लागेको छ । एमालेले धनगढीमा प्रदेश स्तरिय विषेश सभा आयोजना गर्न लागेको पाटी सुदुरपश्चिम प्रदेश कमिटि सचिव रण बहादुर चन्दले बताए । लोकतान्त्रीक गणतन्त्रको संस्थागत बिकासका लागी सभा आयोजना गर्न लागिएको चन्दले बताए ।

आन्दोलनको उपलब्धी, सबिंधानको रक्षा र पछिल्लो समय देखिएको अराजकता बिरुद्ध सभा आयोजना गरिने उनले बताए । एका तर्फ हाम्रो टोल केन्द्रित वडा अभियान सञ्चालन भइरहेको छ त्यसै कार्यक्रम अन्तरगतपनि यो सभालाई लिन सकिन्छ सचिव चन्दले भने “अर्को तर्फ पछिल्लो समय लोकतान्त्रीक गणतन्त्र बिरुद्ध केही पुर्व राजाका नाममा अराजक तत्वहरुले समाजको शान्ती शुरक्षामा खलल पुगाउने खालका गतिबिधि गरेको पाइयो, त्यस कारण यस्ता जनबिरोधी गतिबिधि बिरुद्धपनि यो भेला हो, भेलालाई हाम्रा अभियानको निरन्तरता सगैं सबिंधानको रक्षाका लागी लिन सकिन्छ ।”

धनगढी पार्कमोडमा आयोजना हुने सभालाई सकेसम्म पार्टी अध्यक्ष समेत रहेका प्रधामनमन्त्री केपी शर्मा ओलीलाई बोलाउने प्रयास भएको छ । अध्यक्ष आउन नसके पाटीका पदाधिकारीको सम्बोधन हुने गरी सभा आयोजना हुने चन्दले बताए । सभामा सुदुरपश्चिमका सबै नेता, कार्यक्रता र आम परिवर्तन पक्षधर जनतालाई आउन उनले आग्रह गरे । परिवर्तनका बिरुद्ध लाग्नेहरुलाई खबरदारी गर्न सबैको सहभागिता आवश्यक रहेको बताउँदै उनले कैलाली कञ्चनपुरबाट नेता कार्यक्रताहरुलाई अनिर्वाय सहभागी हुन आवह्वान गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.