News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

भीमदत्त नगरपालिकाद्वारा सञ्चारकर्मीलाई लक्षित गरी विपद् पूर्व तयारी तथा जोखिम व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न

User Photo
शुक्रबार, बैशाख १९, २०८२
काठमाण्डौ ।

 

विरेन्द्र बाग:कञ्चनपुर, १९ वैशाख — भीमदत्त नगरपालिकाले शुक्रबार सञ्चारकर्मी तथा सरोकारवालासँग विपद् पूर्व तयारी र जोखिम व्यवस्थापन सम्बन्धी सचेतनामूलक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।

 

नगरपालिकाको विपद् शाखाले आयोजना गरेको कार्यक्रममा विपद् जोखिम न्यूनिकरणका लागि सञ्चारकर्मीहरूको भूमिकाबारे छलफल गरिएको थियो। शाखा प्रमुख मनोज भट्टले विपद् पूर्व, विपद्का बेला र विपद् पश्चात सञ्चारकर्मीको भूमिका निर्णायक हुने भन्दै गोष्ठीको उद्देश्य जोखिम न्यूनीकरण र सहकार्य सुदृढ बनाउने रहेको बताए।

 

कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत हरिसिंह धामीले विपद् व्यवस्थापनमा सञ्चारकर्मीले सूचना प्रवाह र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

 

विपद् ज्ञानकार हिमाल थापाले कार्यपत्र प्रस्तुत गर्दै विपद्को समयमा सही र संवेदनशील सञ्चारको महत्वबारे प्रकाश पारे। उपमेयर नीलम लेखकले नगरपालिकाले विपद् जोखिम न्यूनिकरणका लागि स्रोत व्यवस्थापनदेखि पूर्वसूचना प्रणाली, उद्धार र राहत कार्यक्रमसम्मका तयारी अघि बढाएको जानकारी दिइन्।

 

“मानवीय संवेदनशीलता उच्च हुने यस्तो समयमा सञ्चारकर्मीहरू जिम्मेवार र गम्भीर बन्न आवश्यक छ,” उपमेयर लेखकले भनिन्।

 

कार्यक्रममा विपद् व्यवस्थापनमा सक्रिय संघसंस्था, सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.