नयाँ वर्ष २०८२ को आगमनसँगै म कार्यसंगै कैलाली गएको थिएँ। त्यही अवसरमा अचानक रारा घुम्ने योजना बन्यो। सुर्खेतका मित्र तुलराज सीसँगको बाचा सम्झेर कैलालीबाट कोहलपुर हुँदै सुर्खेत प्रस्थान गरियो। त्यस रात सुर्खेतमा तुलराजको घरमा बास बस्यौं र अर्को दिन बिहान ५ बजे बाइकमा जुम्ला र राराको यात्रामा निस्कियौं।

यात्राको पहिलो दिन: जुम्लाको भुल्भुलेसम्म
दिनभरको मोटरसाइकल यात्रा पछि कालिकोटमा खाना खाएर राती ८ बजे जुम्लाको भुल्भुलेमा पुग्यौं र बास बस्यौं। भोलिपल्ट बिहान ७ बजे भुल्भुलेबाट हिँडेर ८:३० बजे रारा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा पुग्यौं।

रारा कसरी जाने?
रारा ताल पुग्न काठमाडौँबाट दुई बाटो छन्: स्थलमार्ग र हवाईमार्ग।
1. स्थलमार्ग:
रूट: काठमाडौँ – कोहलपुर – सुर्खेत – दैलेख – कालिकोट – जुम्ला – रारा
बस यात्रा: काठमाडौँको नयाँ बसपार्कबाट सुर्खेतसम्मको टिकट झण्डै रु २५०० पर्छ।
सुर्खेत–रारा: सुर्खेतबाट बिहान ६ बजे छुट्ने गाडी रु ३५०० मा खाना सहित उपलब्ध हुन्छ।
2. हवाईमार्ग:
काठमाडौँबाट नेपालगञ्ज र नेपालगञ्जबाट ताल्चा विमानस्थलसम्म हवाई सेवा उपलब्ध छ।
ताल्चाबाट रारा तालसम्म ३ घण्टा पैदल वा १ घण्टा जिप यात्रा लाग्छ।
रारा पुग्ने क्रममा बस्ने स्थान र खर्च
सुर्खेतमा बास: कोठा रु ८००, खाना रु २००
नाग्म (कालिकोट): प्रशासनिक नियम अनुसार त्यहीँ बास बस्नुपर्छ (निःशुल्क)
रारा आसपास होटल: कोठा रु १०००–१२००, खाना रु ३००
रारा प्रवेश शुल्क:,नेपाली: रु १००,सार्क देशका नागरिक: रु १५००,अन्य विदेशी: रु ३०००
रारा तालको सौन्दर्य र विशेषता
रारा नेपालको सबैभन्दा ठूलो ताल हो:
लम्बाइ: ५ कि.मि,चौडाइ: ३ कि.मि,गहिराइ: १६७ मिटर ,क्षेत्रफल: १०.८ वर्ग कि.मि
रारा वरिपरि घुम्न करिब ५ घण्टा लाग्छ। तालले छिनछिनमा रंग परिवर्तन गर्ने अद्भुत प्रकृति देखाउँछ। तालबाट करिब २ घण्टा उकालो पैदल हिँड्दा हिमाल र रारा दुवैको दृश्य मनमोहक देखिन्छ।
रारा राष्ट्रिय निकुञ्ज
नेपालको सबैभन्दा सानो तर जैविक विविधताले भरिएको राष्ट्रिय निकुञ्ज हो। यहाँ पाइने प्रमुख वन्यजन्तुहरूमा रेड पान्डा, काडेभ्याकुर, हिम चितुवा, डाफे, र साइबेरियन चराहरू समावेश छन्।
अन्तिम दिन र फिर्ती यात्रा
साँझ ताल हेरेर फर्केर होटलमै बास बस्न सकिन्छ। भोलिपल्ट बिहान सुर्खेत फर्किने बस लिने व्यवस्था सजिलै गर्न सकिन्छ। चाहनु भए गमगढीसम्मको घुमाइ पनि थप गर्न सकिन्छ (१.५ घण्टा यात्रा)।
रारा यात्रा सौन्दर्य, रोमाञ्च र साहसिकताको मिश्रण हो। यात्राको क्रममा सहयात्री, प्रकृति र स्थानीय संस्कृति अनुभव गर्न सकिन्छ। नयाँ वर्षजस्तो विशेष अवसरमा रारा यात्रा एक स्मरणीय अनुभव बन्न सक्छ।

