News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

जलनका बिरामीलाई स्वास्थ्य लाभको कामना होइन, सुविधा सम्पन्न अस्पताल बनाऔं’ :सांसद चन्द्रकान्त भण्डारी

User Photo
आइतवार, फाल्गुन ४, २०८१
काठमाण्डौ ।

 

 

काठमाडौं : सांसदहरुले पछिल्ला समय जलनका घटना वृद्धि भइरहेकाले सुविधासम्पन्न जलन अस्पताल बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद चन्द्रकान्त भण्डारीले जलनको उपचारमा विशेष प्रबन्ध गर्न सरकारसँग आग्रह गरे।

 

 

सांसद भण्डारीले आफू दुई वर्षअघि फागुन ३ गते नै जलनमा परेको र त्यसको भोलिपल्ट सरकारले नेपालमा जलन अस्पताल बनाउने भनी गरेको निर्णय तत्काल कार्यान्वयन गर्न आग्रह गरे।

 

‘जलन हुने, शीर्घस्वास्थ्य लाभको कामना गर्ने, श्रद्धाञ्जली व्यक्त गर्ने यो हाम्रो निरन्तरता भयो। जुन म जलनमा परेको थिएँ। आजकै दिन सरकारले नेपालमा जलन अस्पताल बनाउने निर्णय गरेको थियो। म ३ महिना अस्पताल बसेर नेपाल आएपछि यसबारे सबै सांसद तथा मन्त्रीहरूसँग कुरा राखेको थिएँ,’तर,यसमा सरकारको ध्यान जान सकेको छैन।’

 

उनले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य जलनमा परेकोमा दुःख व्यक्त गर्दै उस्वास्थ्यलाभको कामना गरे।

 

यसैगरी सांसद विन्दाबासिनी कंसाकारले तत्काल जलन विधेयक पारित गरेर जलन उपचार केन्द्र स्थापना गर्न माग गरिन् ‘नेपालमा व्यवसायजन्य सुरक्षालाई ध्यान दिइँदैन,जसका कारण उच्चपदस्थ व्यक्तिसमेत दुर्घटनाको सिकार भइरहेका छन्। सुरक्षा नारामै मात्र सीमित हुनु भएन,’उनले भनिन,’जलन जसलाई जहाँ पनि हुनसक्छ। सदनमा मैले दर्ता गराएको जलनसम्बन्धी गैरसकारी विधेयक पारित गरौं।उपचार केन्द्र स्थापना गरौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.