News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाले गरिन् सरकारकोे ध्यानाकर्षण

User Photo
सोमवार, फाल्गुन ५, २०८१
काठमाण्डौ ।

विरेन्द्र बाग: फागुन ५ । रास्वपा सांसद सुमना श्रेष्ठले भारतमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएको घटनाको अनुसन्धानका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्ने समय नपाएपछि संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सांसद श्रेष्ठले उक्त घटनाको छानविनका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले प्रधानमन्त्री, परराष्ट्र र शिक्षामन्त्रीको ध्यानाकर्षण गराउदै उक्त घटनाका बिषयमा बुझ्न पहल गर्नुपर्ने उल्लेख गरिन् ।

उक्त घटनापछि नेपाली विद्यार्थीलाई विश्वविद्यालयबाटै निष्काशित गरिएको बिषयमा पनि विश्वविद्यालयसँग कुरा गर्नुपर्ने उनले बताइन् । तत्काल सदनमा राख्नुपर्ने बिषय राख्न खोज्दा सभामुखले समय नदिएको भन्दै उहाले आक्रोश व्यक्त गरिन् ।

सांसद श्रेष्ठले सभामुखले संसदमा बोल्न खोज्दा पक्षपात गरेको समेत गुनासो गरिन् ।

संसद बैठक चलिरहेको बेला सांसद श्रेष्ठले सो विषयमा सरकारको ध्यानाकर्षण गराउनको लागि सभामुखसँग समय माग गरेकी थिइन् । तर सभामुखले समय दिन अस्वीकार गरेका थिए । लगत्तै उनले बैठकबाट बाहिर निस्केर सञ्चारमाध्यममार्फत सरकाकारको ध्याकर्षण गराएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.