News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

अझै कहीले सम्म बस्ने त भुइँमा विधार्थी? नैनेल आधारभूत विद्यालय

User Photo
सोमवार, फाल्गुन ५, २०८१
काठमाण्डौ ।

 

 

गणेश शाही :दैलेख, फागुन ५।दैलेख आठबिस नगरपालिका वडा न ५ अन्तर्गत पर्ने नैनेल आधारभूत विद्यालय पिपलकोटका विधार्थीहरु भुइँमै बसाएर पठन पाठन गराई रहेका छन्।

विद्यालयले पटक पटक सम्बन्धित निकाय सम्म विद्यालयको भौतिक संरचना , पठनपाठनका अन्य सामग्रीको लागी सहयाेगमाग्दै आएका र विद्यालयको सुधारमा कसैले चासो नदेखाएको बिद्यालय व्यवस्थापन सदस्य प्रकास बिकले बताउनु भएको छ । आफूहरुले बारम्बार स्थानिय सरकार संग बजेटमा माग गर्दा कुनै चासो नदेखाएको र बिद्यालय व्यावस्थाप गर्न निकै गाह्रो भएको जानकारि दिएकाछन् ।यहाँ कसैले पनि विद्यालयको अवस्था सुधार गर्नतिर ध्यान नदिएका , विधालय व्यवस्थापन अध्यक्ष उपचारको क्रममा भारत गएकाले आफुलाई त्यति जानकारी नभएको उनले बताए।

बारम्बार सरोकारवाला निकायसँग अनुरोध गरें तर कतै बाट केहि सिप नलागेको उनी भन्छन विद्यालयको अवस्था अत्यन्तै गम्भीर छ । बेन्च , टेबुल नहुदा विद्यार्थीलाई पढ्न समस्या त छदै छ अर्को तिर भवन अवस्था पनि जिर्ण छ चिसो भुईमा बसालेर पढाउदा विद्यार्थीहरूलाई विरामी हुन्छ कि भन्ने डर समेत रहेको । डेस्क,बेन्च , टेबुल नभएको कारणले विधार्थी लाई पठन पाठन गर्नमा निकै समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक नमराज जैसिले जानकारि दिएका छ्न । उनका अनुसार जसमा छात्रा ७७ र छात्र ५२ जना गरि बिद्यालयमा १३२ जना विद्यार्थी अध्ययन गरिरहेका
‘धेरैले विद्यालय को नाजुक छ भन्छन तर कसैको नजर पुग्दैन । स्कुलमा बेच टेबुल मात्र नभै बिद्यालय अलि अफ्ठेरो ठाउमा भएकाले घेर बारको आवश्यकता पनि उतिकै भयको र १३२ जना विद्यार्थी भएको बिद्यालयमा कार्यलय सहयोगि सहित ४जना कर्मचारी भएकाले पठन पाठनमा निकै समस्या भएको जैसिले गुनासो पोखेका छन्।

विद्यालयमा कार्यलय सहयोगि सहित नगर अनुदान २ जना र राहत १ जना गरि जम्मा ४ जना कर्मचारी रहेका विद्यालयमा शिशु देखि ५ कक्षा सम्म पढाई हुने हुदा विद्यालयको भवन  जीर्ण साथै बेन्च , टेवलको समस्या भैरहेको प्रधानाध्यापक नमराज जैसिले जानकारी दिएका छन्।स्थानीय सरकारले कम्तीमा एक पक्की भवन , डेस्क बेन्च र टेबुल व्यवस्थापन गरिदिएकोे भए बिद्यालय पठनपाठनमा सहजीकरण हुने प्रधानाध्यापकले जानकारी दिनु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.