फागुन ६। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सोमबार देखि कर्णाली उत्सव ‘कुडा कर्नालीका’ शुरू भएको छ । उक्त महोत्सवको सोमबार आयोजित एक कार्यक्रमबीच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गरेका हुन् ।
‘ऋति फाउन्डेसन’ले कर्णालीको समग्र क्षेत्रको पहिचानसम्बन्धी जानकारी दिन र प्रदेशको सम्भावना केलाउने उद्देश्यले महोत्सवको छैटौं सँस्करण आयोजना गरेको हो ।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कँडेल, कर्णाली प्रदेशका भौतिक पूर्वाधार सरकारका पूर्वसचिव केवलप्रसाद भण्डारी, कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री गमता विक, वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीलगायतले छलफलको उत्सवका रूपमा सञ्चालन हुँदै आएको कार्यक्रमले कर्णालीलाई नेपाल तथा विश्वमा चिनाउन सहयोग पुर्याएको बताए ।
कार्यक्रममा एक हजार ३ सय जनाको सहभागिता रहेको आयोजकले जानाकारी दिनु भएको छ।

