संतोष धानुक,कञ्चनपुर, ७ फागुन। कञ्चनपुर लालझाडीमा एक जंगली हात्ती मृत फेला परेको छ । बुधबार बिहान ७ बजेतिर लालझाडी गाँउपालिका ४ जाई गाँउ सडक किनारमा हात्ती मृत फेला परेको हो । हात्तीकोे के कति कारणले मृत भेटियो बुझ्नका लागि प्राविधिक टोलि घटना स्थलमा पुगेको छ ।
बृद्ध हात्ती मृत फेला परेपछि स्थानीयले प्रहरी, वनका कर्मचारीलाई खबर गरेका थिए । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामबिहारी चौधरीले जंगली हात्ती मृत फेला परेको जानकारी दिएका छन्।।
गत असोजदेखि जंगली हात्तीले लालझाडी क्षेत्रमा मानिसदेखि भौतिक सरचना अन्नबालीमा क्षति पु¥याउन थालेपछि स्थानीय त्रसित भएका थिए । आज एकाबिहानै हात्ती लालझाडी टु शुक्लाफाँटा निकुञ्ज कोरिडोर क्षेत्रमा मृत फेला परेपछि झन त्रसित भएका छन ।
