धनगढी, ७ फागुन। प्रत्येक वर्ष फागुन ७ मा मनाइने प्रजातन्त्र दिवस नेपाली जनताको निरंकुश शासनविरुद्धको संघर्षको सफल परिणामको प्रतीक हो। २००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य भई लोकतन्त्रको आधारशिला खडा भएको थियो। यो दिनले नेपाली जनताको बलिदान, संघर्ष, र अभूतपूर्व विजयको कथा बोकेको छ।
राणा शासन र नेपाली जनताको संघर्ष
नेपालमा राणा शासनको सुरुवात १९०३ साल देखी सुरु भएको थियो। जंगबहादुर राणा द्वारा स्थापित यो शासन करिब १०४ वर्षसम्म कायम रह्यो। राणाहरूले राजालाई सांकेतिक प्रमुख बनाएर सम्पूर्ण शक्ति आफ्नो हातमा राखे।
राणा शासनका कालमा जनताले कुनै पनि राजनीतिक अधिकार पाउँदैनथे।जनतालाई शिक्षाबाट वञ्चित गरियो, जसले समाजलाई पछाडि पार्यो सञ्चारमाध्यममाथि कडा निगरानी थियो। जनतामाथि उच्च करको बोझ थियो।
तर, समयक्रमसँगै जनतामा राणा शासनको असन्तोष बढ्दै गयो। भारतमा १९४७ मा अंग्रेज शासन समाप्त भई लोकतन्त्र आएपछि नेपालमा पनि राजनीतिक चेतनाको विकास हुन थाल्यो।
२००७ सालको प्रजातान्त्रिकआन्दोलनलाई सफल बनाउन धेरै घटकहरू निर्णायक भए बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंहजस्ता नेताहरूको नेतृत्वमा सशस्त्र संघर्ष थालियो। राजा त्रिभुवनले राणाहरूको विरोध गर्दै भारतमा शरण लिएर जनआन्दोलनलाई समर्थन गरे।भारतमा अंग्रेज शासन समाप्त भई लोकतन्त्र आएपछि नेपालमा पनि परिवर्तनको माग बढ्यो।जनताले स्वतःस्फूर्त रूपमा आन्दोलनमा सहभागिता जनाए। यस क्रान्तिको परिणामस्वरूप २००७ साल फागुन ७ गते राणाशासन समाप्त भयो। राजा त्रिभुवन देश फर्किएपछी, जनताको अधिकार स्थापित भयो, र नेपालमा लोकतान्त्रिक शासन प्रणालीको सुरुवात भयो।२००७ सालको प्रजातान्त्रिक क्रान्ति नेपाली जनताको संघर्षको महत्त्वपूर्ण उपलब्धि हो। यो दिनले हामीलाई लोकतन्त्र, स्वतन्त्रता, र नागरिक अधिकारको मूल्य सम्झाउँछ। लोकतन्त्रलाई बलियो बनाउन, शिक्षा, पारदर्शिता, र जनताको सहभागिता अनिवार्य छ। प्रजातन्त्र दिवस मनाउने मात्र होइन, यसको मर्मलाई आत्मसात् गरी देशलाई समृद्धि तर्फ डोर्याउनु हाम्रो कर्तव्य हो।
