News7 TV
बिहिबार, बैशाख ३, २०८३ | April 16, 2026 |

कार्यसम्पादन मूल्याङ्कन नजिताप्रति असन्तुष्टि :पूर्वाधारमन्त्री 

काठमाण्डौ ।

 

 

 

विरेन्द्र बाग :कंचनपुर,फागुन ९। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री कार्यालयले गर्ने मूल्याङ्कन प्रणालीलाई सुधार गर्नुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री दाहालले आफ्नो मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कन नजिताप्रति असन्तुष्टि प्रकट गर्दै प्रधानमन्त्री कार्यालयले गर्ने मूल्याङ्कन प्रणालीलाई सुधार गर्नुपर्ने बताएका हुन् ।

 

मन्त्रालय १९ वटा आयोजनामध्ये ८ वटा सुरु हुन लागेको, ३ वटा सम्पन्न भइसकेको र ८ वटा जारी रहेको अवस्थामा रहेकाले मन्त्रालयको प्रगति ५० प्रतिशतमाथि रहेको उनले बताए । मन्त्री दाहालले ग्वार्को फ्लाइओभरको ८२ प्रतिशत काम सम्पन्न भइसकेको र सम्पन्न हुने चरणमा रहेको बताए ।

 

 

बिभिन्न राजमार्ग निर्माणको काम पनि द्रूत गतिमा अघि बढिरहेको उनकोे भनाइ छ । मन्त्री दाहालले यातायात नीति अन्तिम चरणमा पुगेको र प्रदेशको सुझावका आधारमा आवश्यक कानून सदनमा लैजाने जानकारी दिए ।

 

समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय/आयोजनाको पुँजीगत बजेटको कार्यप्रगति(अर्धवार्षिक)को वारेमा छलफल गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.