News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

महाकुम्भमा स्नान गरी फर्किरहेका चार नेपालीको मृत्यु 

User Photo
आइतवार, फाल्गुन ११, २०८१
काठमाण्डौ ।

 

कंचनपुर:भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा स्नान गरी फर्किरहेको नेपाली तीर्थयात्री सवार स्कर्पियो शुक्रबार राति दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको छ ।

 

 

 

मृत्यु हुनेमा सप्तरीका तीन जना र एक जना सुनसरीका रहेका छन् । सप्तरीको कञ्चनरूप नगरपालिका–७ की लिलावती चौधरी र परसुराम चौधरीको दुर्घटनामा मृत्यु भएको सो वडाका वडाध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिए ।

 

 

यस्तै सोही नगरपालिका ५ की जितु यादवकी श्रीमती हरिहरदेवीको पनि मृत्यु भएको छ । यता सुनसरीको कोशी गाउँपालिका–२ की ६० वर्षीया सन्तोलियादेवी यादवको पनि सोही दुर्घटनामा परी मृत्यु भएको सुनसरीका एसपी सुमन तिमिल्सिनाले जानकारी दिए ।

 

सप्तरी प्रहरीका अनुसार दुर्घटनामा कञ्चनरुपन नपा ७ का उपेन्द्र नारायण चौधरी, लालोदेवी यादव, वडा नम्बर ५ का जितु यादव, उदयपुरको चौदण्डीगढी नगरपालिका सिवाइका पपित लाल चौधरी र उनकी श्रीमती बिना देवी चौधरी घाइते छन् ।

 

 

 

  1. उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्र अन्तर्गत गोरखपुर लिंक रोडमा उक्त दुर्घटना भएको हो । ट्रयाक्टरको पछाडीको ट्रलीमा स्कारपियो ठोक्किएर दुर्घटना भएको हो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.