News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

अछाम र दैलेख जोड्ने जिर्ण अवस्थामा रहेको झोलुङ्गपुलको अनुगमन : छिट्टै पुन:निर्माण हुने 

User Photo
आइतवार, फाल्गुन ११, २०८१
काठमाण्डौ ।

 

गणेश शाही: दैलेख ,फागुन ११।  अछामको पन्चदेवल विनायक नगरपालिका ९ अछाम र दैलेख जोड्ने कर्णाली नदीमाथिको जिर्ण अवस्थामा रहेको झोलुङ्गे पुलको  न्यूज सेभेन टेलिभिजनकोे टीम माघ २० गते स्थलगत रिपोर्टिङ मा गरेकाे थियाे र सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गरेंकोे थियो। र आइतबार सम्बन्धित निकाहरूले अनुगमन  गरेको छन्।

 

आठबिसन नगरपालिका रहेको नयाँ सहर आयोजन प्रमुख प्रवेशराज लामिछाने र ईलाका प्रहरी कार्यलय राकम कर्णालिका ईन्चार्ज सुर्य बहादुर कार्कि र ईलाका प्रहरी कार्यालय कालेगाडाका प्रसनी राम सिंह फरालकोे टोलिले जिर्ण रहेको पुलको अनुगम गरे पछि अबको केही दिनमै पुन निर्माण हुने जानकारी दिएका छ्न्।

 

जीर्ण भएको पुलमा अछामबाट दैलेख आउने र दैलेख बाट अछाम जाने मान्छेहरु जिर्ण भएको पुल बाट आवतजावत गर्ने हुदा पुलबाट तत्कालका लागि आवतजावत के कसरी रोक्न सकिन्छ भन्ने र तत्काल आवत जावत भनेँ नरोक्ने,मानविय क्षति हुन सक्ने भएकाले केहि निकासको लागि यो अनुगमन गरेको जानकारी दिनु भयो । पुर्ण रुपमा बन्द गर्ने वा यसलाई मर्मत गरेर आवतजावत सहजिकरण गर्ने भन्ने विषयमा माथिल्लो निकाय संग कुरा गर्ने ईलाका प्रहरी कार्यलय राकम कर्णालिका ईन्चार्ज सुर्य बहादुर कार्किले जानकारी दिनु भयो।

नयाँ सहर आयोजना राकम कर्णालिका प्रमुख प्रवेशराज लामिछानेले स्थानिय पुर्वाधार विकास कार्यालय सुर्खेत र जिला प्रशासन कार्यालय दैलेख संङ्ग समन्य गरेको र केहि दिनमा टुङ्गो लाग्ने समेत जानकारी दिनु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.