विरेन्द्र बाग:काठमाडौं, बैशाख २१ – नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा कायम गरिएको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ १३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा तोकिएको छ। युके पाउन्ड स्ट्रर्लिङको खरिददर १७९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८० रुपैयाँ ३५ पैसा रहेको छ भने स्वीस फ्र्याङ्कको खरिददर १६३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६४ पैसा रहेको छ।
अन्य मुद्राहरूमा अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३० पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रुपैयाँ १४ पैसा तथा सिङ्गापुर डलरको खरिददर १०४ रुपैयाँ १९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ।
नेपाल राष्ट्र बैंकले दैनिक रूपमा विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गर्दै आएको छ, जसअनुसार बैंक तथा वित्तीय संस्थाहरूले लेनदेन गर्ने गर्छन्।

