News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |
User Photo
सोमवार, बैशाख २२, २०८२
काठमाण्डौ ।

 कञ्चनपुरको चर्चित बैतडा सामुदायिक वन उपभोक्ता समूहमा ४० लाख रुपैयाँ बराबरको ‘विविध खर्च’ शीर्षकमा व्यापक अनियमितता भएको आशंकापछि सुदूरपश्चिम प्रदेश सरकारले औपचारिक छानबिन सुरु गरेको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन निर्देशनालयले डिभिजन वन कार्यालय, कञ्चनपुरलाई पत्र पठाउँदै खर्च विवरणको विस्तृत अध्ययन गर्न र १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।

News 7 टेलिभिजनमा प्रशारण भएको अनुसन्धानमूलक समाचारपछि सार्वजनिक चासो बढेपछि मन्त्रालय सक्रिय बनेको हो। सो समाचारमा सामुदायिक वन समितिले विविध खर्चको नाममा लाखौं रुपैयाँ अनियमित तरिकाले प्रयोग गरेको आशंका व्यक्त गरिएको थियो।

डिभिजन वन कार्यालयका अनुसार, समितिले खर्च गरेका रकम, लेखापरीक्षण प्रतिवेदन, र कार्यान्वयन प्रक्रियाको सूक्ष्म विश्लेषण गरिनेछ। यदि अनियमितता प्रमाणित भएमा कानुनी कारबाहीको सिफारिस हुने जनाएको छ।

स्थानीय स्तरमा भने यो विषयले थप तरंग ल्याएको छ। समितिका केही पदाधिकारीहरू छानबिन सुरु भएपछि टिप्पणी गर्नबाट पन्छिएका छन् भने उपभोक्ताहरू निष्पक्ष छानबिनको माग गरिरहेका छन्।

यस घटनाले सुदूरपश्चिमका अन्य सामुदायिक वनहरूमा पनि पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.