News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

दार्चुलाकोे गोदालीमा मोटरसाइकल दुर्घटना:शिक्षा अधिकृत ओझाको मृत्यु 

User Photo
सोमवार, बैशाख २२, २०८२
काठमाण्डौ ।

 

एकेन्द्र सिह धामी: दार्चुला, २२वैशाख।दार्चुला जिल्लाको लेकम गाउँपालिका–४ गोदालीमा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा शिक्षा अधिकृत केशव राज ओझाको निधन भएको छ।

लेकम गाउँपालिका–५ चौपातामा शैक्षिक कार्यक्रम सम्पन्न गरी घर फर्किने क्रममा माथिबाट खसेको ढुंगा पिठ्युँमा लाग्दा उहाँ गम्भीर घाइते हुनुभएको थियो। ढुंगा लागेपछि उहाँले चलाउनु भएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको जनाइएको छ।

गम्भीर अवस्थामा गोकुलेश्वर अस्पताल पुर्‍याइए पनि उपचार अघि नै डाक्टरले उहाँलाई मृत घोषणा गरेका थिए। लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशीका अनुसार अधिकृत ओझाको निधनले गाउँपालिकाको शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको छ।ओझाको निधनको खबरले सम्पूर्ण लेकमबासीलाई स्तब्ध बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.