News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

७२ हजारभन्दा बढीको आशा: कञ्चनपुरमा लालपुर्जा वितरण नजिकिँदै

User Photo
बिहिबार, बैशाख २५, २०८२
काठमाण्डौ ।

 

विरेन्द्र बाग: । कञ्चनपुरमा भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया तीव्र बनाइएको छ। भूमि आयोग कञ्चनपुरले आउँदो जेठ महिनाभित्रै पहिलो चरणको लालपुर्जा वितरण प्रक्रिया सम्पन्न गर्ने तयारी गरेको हो।

आयोगका अध्यक्ष नेत्रराज पन्तका अनुसार आयोगले पहिले सेतो पुर्जा वितरण भएका व्यक्तिहरूको फाइल अध्ययन गरी प्रमाणिकरणको कामलाई प्राथमिकतामा राखेको छ। “फाइल अध्ययन गरेर आवश्यक कागजातहरू भए/नभएको जाँच भइरहेको छ,” उनले जानकारी दिए।

 

हालसम्म भीमदत्त नगरपालिकाका ३६० र दोधारा–चाँदनी नगरपालिकाका १४ वटा फाइलको काम सम्पन्न भइसकेको छ। अघिल्लो आयोगले जिल्लाभरिमा ४ हजार ६५ वटा सेतो पुर्जा वितरण गरिसकेको थियो।

 

“अघिल्ला आयोगले थालेका अधुरा कामहरू पूरा गर्दैछौँ,” अध्यक्ष पन्तले भने, “पहिलो चरणमा सेतो पुर्जा वितरण भएकालाई लालपुर्जा दिनेछौँ। त्यससँगै नयाँ आवेदन परेका फाइलहरूको प्रमाणीकरण तथा कम्प्युटर प्रणाली अद्यावधिक गर्ने कामसमेत भइरहेको छ।”

 

भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी कञ्चनपुरमा हालसम्म ७२ हजार ९३० वटा आवेदन परेको छ। आयोग गठन भएको पछिल्लो तीन महिनामा मात्र ८ हजार ९२ फाइल प्रमाणीकरण गरिएको जानकारी दिइएको छ।

 

स्थानीय तहका प्रमुख, वडा कार्यालय तथा सरोकारवालाहरूसँग समन्वयात्मक बैठकहरू सञ्चालन गर्नुका साथै प्राविधिकहरूलाई आवश्यक तालिमसमेत दिइएको अध्यक्ष पन्तले जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.