
विरेन्द्र बाग:साउन १८ – अन्तर्राष्ट्रिय मिक्स्ड मार्शल आर्ट्स (MMA) प्रतियोगितामा सहभागी नेपाली फाइटर रविन्द्र ढाँटले फाइनल खेलमा भारतीय प्रतिस्पर्धी कोरेनलाई पराजित गर्दै शानदार जित हात पारेका छन्।
फाइटअघि कोरेनले दिएको एक अन्तरवार्तामा रविन्द्रप्रति अपमानजनक टिप्पणी गर्दै भनेका थिए, “त्यो बच्चा हो, यसको दिमाग नै निकाल्छु, मसँग लड्नै नआए राम्रो।” तर फाइटको नतिजाले भने कोरेनकै घमण्ड चकनाचुर बनायो।
रिङमा उत्रिएपछि रविन्द्र ढाँटले आत्मविश्वाससहित फाइट गर्दै कोरेनमाथि लगातार प्रहार गरे। पहिलो राउन्डमै उनले केही कडा प्रहार गरेपछि कोरेन दबाबमा आएका थिए। दोस्रो राउन्डमा रविन्द्रको आक्रामक शैलीले खेलमैत्री निर्णय गराउँदै रेफ्रीले फाइट रोक्न बाध्य बनायो।
यस जितसँगै रविन्द्र ढाँटले आफ्नो खेल क्षमतामात्र होइन, नेपाली खेलाडीको आत्मसम्मान पनि जोगाएका छन्। उनको जीतलाई देश-विदेशमा प्रशंसा गरिएको छ।
सोशल मिडियामा समेत रविन्द्रप्रति समर्थनको ओइरो लागेको छ भने ‘जवाफ खेलमै दिइन्छ’ भन्ने सन्देशसमेत बलियोसाथ स्थापित भएको छ।

