News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

फाइटर चुनरेङ कोरेनको पाँच खेलको जितकोे यात्रा समाप्त

User Photo
आइतवार, साउन १९, २०८२
काठमाण्डौ ।

 

 

मणिपुरको कामु कोईरेङ गाउँमा जन्मेका चुनरेङ कोरेनको जीवन संघर्ष र आशाले भरिएको छ। उनका पिता जन्मिनु अघि नै निधन भइसकेको थियो, जसका कारण उनकी आमाले खेती गर्दै चार सन्तानलाई एक्लै हुर्काउनुपर्‍यो। बाल्यकालदेखि नै कठिनाइको सामना गरेका कोरेनले आफ्नो सपना पुरा गर्न निर्माण मजदुरको रूपमा काम गरे।

 

धेरै दुःख, संघर्ष र निरन्तर मेहनतपछि उनी मिक्स्ड मार्शल आर्ट्स (MMA) क्षेत्रमा आएका छन् र २०२४ मार्चमा भारतको प्रमुख MMA प्रमोशन, म्याट्रिक्स फाइट नाइट (MFN) को बान्टमवेट उपाधि जितेका थिए। तर, उनको जीवन केवल जितको कथा मात्र होइन; परिवारका सदस्यहरूको मृत्यु र मणिपुरमा भएको जातीय हिंसाले उनलाई शारीरिक र मानसिक रूपमा कष्ट दिएको छ।

 

उनको संघर्ष र सपनाको कथा एक खेलाडीको मात्र नभई एक साधारण मानिसको पनि प्रेरणा बनेको छ, जसले देखाउँछ कि जीवनका कठिनाइहरूलाई पार गर्दै सपना पूरा गर्न सकिन्छ।

 

तर, हिजो शनिबार म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) मा नेपाली एमएमए फाइटर रवीन्द्र ढाटले चुनरेङ कोरेनलाई पराजित गरेका छन्। यो जितसँगै रवीन्द्र पहिलो पटक एमएफएन च्याम्पियन बनेका हुन्। ‘दि इन्डियन राइनो’ उपनामले चिनिने कोरेनले सुरुमा दबाब सिर्जना गर्ने प्रयास गरे तापनि, रवीन्द्रले रणनीतिक खेल र संयमित आक्रमणले निर्णायक कम्बिनेसन प्रहार गर्दै उनलाई जिताउन सके।

 

तीस्रो राउन्डमा भएको यो खेलमा रवीन्द्रले कोरेनको पाँच खेलको जित यात्रा रोकेर ८–१ को प्रोफेशनल रेकर्ड बनाउन सफल भए। जितको बेला रंगशाला नेपाली झन्डाले झलमलाएको थियो र दर्शकहरूमा उत्साह छाएको थियो।

 

यस हारपछि पनि चुनरेङ कोरेनको संघर्ष जारी छ, जसले जीवनका सबै चुनौतीहरूलाई जित्ने साहस देखाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.