News7 TV
शुक्रबार, अशोज २, २०८३ | September 18, 2026 |

हेल्दी लिभिङ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा २० लाख रुपैयाँ सहयोग

बुधबार, भदौ १७, २०८३
काठमाण्डौ ।

काठमाडौँ।बाढी तथा पहिरो पीडितहरूको राहत र पुनर्स्थापनाका लागि हेल्दी लिभिङ नेपाल प्रा. लि. (Healthy Living Nepal Pvt. Ltd.) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ।
कम्पनीको प्रतिनिधिमण्डलले आज उद्योग मन्त्रालयमा पुगेर उद्योग मन्त्री गौरी यादवलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो।
एभरेस्ट बैंकको २० लाख रुपैयाँ बराबरको चेक मन्त्री यादवलाई बुझाउँदै कम्पनीका प्रतिनिधिहरूले प्राकृतिक विपद्को यस कठिन घडीमा पीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरिएको बताएका छन्। रकम बुझ्दै मन्त्री यादवले कम्पनीको यस सराहनीय कार्यप्रति धन्यवाद व्यक्त गर्नुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.