News7 TV
बिहिबार, बैशाख ३, २०८३ | April 16, 2026 |

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा किष्ट अस्पतालको बिषेश अभियान, मुख सम्बन्धी उपचारमा ५० प्रतिशत सम्म छुट

ललितपुर ।

ललितपुर स्थित किष्ट मेडिकल तथा शिक्षण अस्पतालले विश्व मुख स्वास्थ्य दिवस २०२५ (World Oral Health Day २०२५) को अवसरमा “सुर्तिजन्य पदार्थ (तम्बाकू) नियन्त्रण पहल- एक वर्षीय अभियान (Tobacco Control Initiative- A Year long Campaign)” को शुभारम्भ गरेको छ ।

विश्व मुख स्वास्थ्य दिवस २०२५ को अवसरमा आयोजना गरिएको अभियानको उद्‌घाटन कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा प्रवक्ता डा. प्रकाश बुढाथोकी, महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गोबिन्द श्रेष्ठ, विश्व स्वास्थ्य संगठनका प्रतिनिधी डा. ग्याम्पो दोर्जी लगायतको सहभागिता रहेको थियो ।

“से नट टु स्मोक, से एस टु लाईफ (Say No to Smoke, Say Yes to Life!)” भन्ने मुल नारासहित तम्बाकू नियन्त्रण, मुख तथा दन्त स्वास्थ्य सुधार र मुख स्वास्थ्य सम्बन्धी जनचेतना वृद्धिमा योगदान गर्ने उद्देश्यले बिशेष कार्यक्रम सुरु गरिएको अस्पतालकी ब्राण्ड म्यानेजर सुप्रिना प्रजापतिले बताउनु भयो ।

अस्पतालले सुरु गरेको अभियान अन्तर्गत एक बर्ष सम्म निशुल्क तथा बिशेष छुट सहित Oncology Department, Dental Department र Phychitry Department ले संयुक्त रुपमा मुख स्वास्थ्य सम्बन्धी तम्बाकू परित्याग क्लिनिक (Tobacco Cessation Clinic), ⁠विद्यालयस्तरीय सचेतना कार्यक्रम (School Level Activation), ⁠स्थानीय समुदायमा स्वास्थ्य शिविर (Outreach Camps), र्‍याली, फ्ल्यासमोब र नाटकमार्फत जनचेतना अभियान (Awareness Campaigns) लगायत कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

एक महिना सम्म विशेष छुट योजना
अभियानको सुरुवात संगै अस्पतालले २०८१ चैत्र ७ गते देखी २०८२ बैसाख ७ (एक महिना) सम्म “मुख स्वास्थ्य महिना (Oral Health Month)” को रूपमा मनाइने तथा यस अवधिमा दाँत सम्बन्धी विभिन्न उपचारमा ५०% सम्म छुट दिने भएको छ ।

# किष्ट अस्पताल # स्वास्थ्य

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.