News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

केबलकारको पक्षमा बोलेको भन्दै कालोमोसो दलेर कुटपिट 

User Photo
आइतवार, फाल्गुन ४, २०८१
काठमाण्डौ ।

 

 

धरान : फागुन ४, ।ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जि माबोलाई धरानमा कालो मोसो दली कुटपिट गरिएको छ। ताप्लेजुङ घर भएका उनलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले माबोलाई धरान-९ स्थित पुतली लाइनमा कुटपिट गरी कालोमोसो दलेका हुन्।

 

 

माबोले केबुलकारको पक्षमा सार्वजनिक रूपमा समर्थन गरेको र केबुलकारको बिरो गर्नेहरूलाई गाली गलौज गरेको भन्दै कालोमोसो दलेर सचेत गराइएको जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देनले बताए। माबोलाई कालो मोसो दल्नेमा थाम्देनसहित नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम र समितिका नेता जेन्टल लावति लगायतको उपस्थिति रहेको थियो।

 

पाथीभरा मन्दिर क्षेत्रमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले केबलकार निर्माणको काम थालेपछि संघर्ष समितिले आन्दोलन सुरु गरेको छ। कालोमोसो दलेर कुटपिट गरिएका माबोले आफूलाई दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न माग गरेका छन्। कालोमोसो दलेपछि माबोलाई सुरक्षाका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए।

 

 

उनले घटनाको अनुसन्धान समेत थालिएको बताए। माबोलाई दुई दर्जन जनाको समूहमा आएका केबुलकार निर्माण विरोधीहरूले कुटपिट गरी कालो मोसो दलेका थिए। आफूलाई कालो मोसो दल्ने विरुद्ध मामोले कारबाहीका लागि प्रहरीमा किटानी जाहेरी दिने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.