News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

विविध कार्यक्रम गरी मनाइयो ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस:जिल्ला समन्वय

User Photo
बुधबार, फाल्गुन ७, २०८१
काठमाण्डौ ।

 

कञ्चनपुर : विरेन्द्र बाग, ७ फागुन। ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ कञ्चनपुरमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरको संयोजनमा मूल समारोह समितिद्वारा महेन्द्रनगरको खुलामञ्चमा विशेष समारोह आयोजना गरिएको थियो । सरकारी गैरसरकारी, सामुदायिक तथा निजी संघसंस्थाहरूको सहभागितामा बजार परिक्रमा गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो । खुलामञ्चमा आयोजित मूल समारोहमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

 

 

समारोहलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा ९पातल० ले नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा यो दिवस मनाउने गरिएको उल्लेख गर्नुभयो । उहाँले प्रजातन्त्र स्थापनापछि पनि देशले थुप्रै सङ्घर्ष गर्नुपरेको स्मरण गराउँदै यी सबै उपलब्धिहरूलाई संस्थागत गर्न सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

 

 

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको अध्यक्षतामा आयोजित समारोहमा जिल्लास्थित जनप्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामुदायिक तथा निजी सङ्घसंस्थाका प्रतिनिधिहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । समारोहमा प्रजातन्त्रको महत्व र यसको रक्षा गर्न नागरिकको कर्तव्यबारे वक्ताहरूले धारणा राख्नुभएको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति लगायतका मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.