सुदूरपश्चिम, बैतडी प्रहरी चौकी सिमारमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र खडायत को भिरबाट लडेर दुःखद निधन भएको छ।
प्राप्त जानकारी अनुसार, उहाँ खाना खाएर चौकी फर्किने क्रममा अचानक भिरबाट खस्न पुगेका थिए। तत्काल उद्धार गरी गोकुले अस्पताल पुर्याइए पनि उपचारका क्रममा उहाँको निधन भएको अस्पताल स्रोतलाई उद्धृत गर्दै स्थानीय मोहन खडायतले जानकारी दिएका छन।
स्व. खडायत कर्तव्यनिष्ठ, अनुशासित र इमानदार प्रहरी कर्मचारीका रूपमा चिनिनुहुन्थ्यो। उहाँको असामयिक निधनले प्रहरी सङ्गठन, परिवार तथा स्थानीय समुदायलाई गहिरो शोकमा डुबाएको छ।
नेपाल प्रहरी तथा स्थानीयवासीले स्व. खडायतप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेका छन्।
