News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

रास्वपाले बोलायो सचिवालय बैठक, सागर ढकालले पाउँलान् टिकट

बिहिबार, असार १९, २०८२
काठमाण्डौ ।

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सचिवालयको बैठक बोलाएको छ । कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आज बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठकमा रूपन्देही क्षेत्र नम्बर ३ को आसन्न उपनिर्वाचन, समसामयिक राजनीतिक अवस्था र पार्टीभित्रका विविध विषयमा छलफल हुनेछ । प्रवक्ता झाका अनुसार सचिवालयका सबै सदस्यलाई बैठकमा अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ ।

रूपन्देही(३ को उपनिर्वाचनलाई लिएर रास्वपाले आन्तरिक गृहकार्य सुरु गरिसकेको छ । बैठकमा उम्मेदवार चयन प्रक्रिया, गठबन्धन समन्वय, चुनावी रणनीति र स्थानीय संगठन सुदृढीकरणका विषयमा निर्णय हुने बताइएको छ ।

दलहरू उम्मेदवार छान्ने छलफलमा जुटिसकेका छन् भने नेकपा ९एमाले० ले खिमलाल भट्टराईलाई चयन गरिसकेको छ । रास्वपाबाट सागर ढकालको नाम चर्चामा छ । अघिल्लो निर्वाचनमा ढकाल डडेलधुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.