News7 TV
बिहिबार, बैशाख ३, २०८३ | April 16, 2026 |

बानीडुग्रीसैनको पुलको काम चाडो सुरु गर्न सांसद आलेको माग

काठमाण्डौ ।

 

फागुन ४,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता एवम् डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेले डोटीको बानीडुग्रीसैनको पुलको काम तत्काल सुरु गराउन माग गरेका छन् ।

 

आईतबार प्रतिनिधि सभाको सुन्य समयमा बोल्दै सांसद आलेले डोटीको शिखर नगरपालिका बानीडुग्रीसैन–सातनाली जोड्नका लागि सेती नदीमा निर्माण गरिने उक्त पुलको दश बर्ष अगाडि ठेक्का लगाइएको भएपनि हाल सम्म निर्माण हुन नसकेकाले उक्त पुलको निर्माणको काम चाडो सुरु गराउन सभामुख मार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए ।

 

 

उनले भने, “पुल निर्माणको करिब दश वर्ष पहिले ठेक्का लागेको छ । अहिले सम्म जम्मा २५ प्रतिसत मात्रै काम भएको छ । ठेकेदारले काम गर्दैन । उक्त पुलको चाडो निर्माणको काम सुरु गराउन म ध्यानाकर्षण गराउछु ।”

 

यसैगरी सांसद आलेले उक्त पुल निर्माणका लागि रु ८० लाख बजेट विनियोजन भइसकेको भए पनि ठेकेदारले काममा सक्रियता नदेखाउँदा पुलको काम अलपत्र परेको बताए । स्थानीयवासीहरु लामो समयदेखि पुलको प्रतिक्षामा रहेपनि निर्माणको गति सुस्त देखिएको उनको भनाई छ ।

 

 

ठेकेदारको लापरबाहीले लामो समयदेखि पुल अलपत्र परेको भन्दै छिटोछरितो रुपमा निर्माण कार्य अघि बढाउन समेत सांसद आलेले जोड दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.