News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

सर्वसाधारण जल्दा गाडीको हुटमा उद्धार, मन्त्रीज्यू र मेयरलाई हेलिकप्टरमा? : बिन्दवासिनी कंसाकार

User Photo
आइतवार, फाल्गुन ४, २०८१
काठमाण्डौ ।

 

 

 

 

 

 

 

फागुन ४,काठमाडाैँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिन्दवासिनी कंसाकारले सर्वसाधारण नागरिकलाई उपचारमा विभेद गरिएको बताइन् । आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले पोखरामा भएको बेलुन दुर्घटनामा घाइते भएकाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै जलन उपचारमा शिर्ष तहका नेताले पाउने सरहको उपचार सर्वसाधारण नागरिकले पाउन नसकेको बताइन् ।

 

सांसद कशांकारले काठमाडौँको कमलपोखरीस्थित शानदार मम सेन्टरमा भएको आगलागीलाई सो घटनासँग जोड्दै कमलपोखरीका घाइतेलाई गाडीको हुटमा राखेर उद्दार गरिएको तर नेतालाई भने हेलिकप्टरमा उद्दार गरिएको बताइन् । ‘अस्ति भर्खर शानदार ममःमा ग्याँस विस्फोट हुँदा सर्वसाधारण जल्दा एम्बुलेन्स नपाएर गाडीको हुटमा उद्धार गर्नुपर्ने अवस्था सिर्जना भएको थियो ।,’सांसद कशांकारले भनिन्, ‘आज मन्त्रीज्यु र मेयरज्युलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।’

 

 

त्यस्तै उनले जलन जसलाई जहाँ जुन बेला पनि हुन सक्ने र यसले ठूलो मान्छे र जो पनि पीडित हुन सक्ने, ज्यान जान सक्ने र अपांगता हुन सक्ने भन्दै आफूले संसद्मा गैरसरकारी विधेयक दर्ता गरेको तर त्यो अघि बढ्न नसकेको बताइन् । त्यस्तै उनले जलन विधेयक पारित गरेर जलन उपचार केन्द्र स्थापना गर्न आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.