News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

आईपीएल कोलकाताको शानदार जित, हैदराबाद संकटमा

शुक्रबार, चैत्र २१, २०८१
काठमाण्डौ ।

काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२५ को एक रोमाञ्चक भिडन्तमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ८० रनले पराजित गर्दै सशक्त पुनरागमन गरेको छ । मुम्बई इन्डियन्ससँगको अघिल्लो खेलमा खराब प्रदर्शन गरेपछि आलोचित बनेको कोलकाताले यस खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै हैदराबादलाई पराजित गर्यो ।

कोलकाताले पहिलो ब्याटिङ गर्दै २०० रनको प्रभावशाली योगफल तयार गर्यो । उपकप्तान वेंकटेश अय्यरले आक्रामक रूपमा २९ बलमा ६० रन प्रहार गरे । रिकु सिंह १७ बलमा ३२ रन अविजित रहँदै अन्त्यसम्म टिके । कप्तान अजिंक्य रहाणे ९३८ रन० र अंगक्रिश रघुवंशी ९५० रन० ले तेस्रो विकेटका लागि ८१ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए ।

हैदराबादको लक्ष्य पछ्याउने यात्रा निकै निराशाजनक रह्यो। पहिलो १३ रनमै तीन विकेट गुमाएको टोली १२० रनमै अलआउट भयो । ट्राभिस हेड लगातार दोस्रो खेलमा वैभव अरोराको बलमा सस्तोमा आउट भए । इसान किशन र अभिषेक शर्माले पनि खास प्रदर्शन गर्न सकेनन् । हेनरिक क्लासेनले २१ बलमा ३३ रन बनाए भने कामिन्डु मेंडिसले २० बलमा २७ रन जोडे । नितिश रेड्डीले १९ रनको योगदान दिए तापनि हैदराबाद १६।४ ओभरमै समेटियो ।

कोलकाताका बलरहरूमध्ये वैभव अरोराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए भने वरुण चक्रवर्तीले ४ ओभरमा २२ रन खर्ची ३ विकेट चट्काए । आन्द्रे रसेलले १।४ ओभर बलिङ गर्दै २ रन खर्चेर २ विकेट लिए ।

यस जितपछि कोलकाता ४ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ, लगातार तेस्रो हार बेहोरेको हैदराबाद २ अंकसहित तालिकाको पुछारमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.