News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

अन्तर्राष्ट्रिय टेक्वान्दो प्रतियोगितामा सुदूरपश्चिमको शानदार प्रदर्शन — १६ पदक विजेता खेलाडीहरू कञ्चनपुरमा सम्मानित

User Photo
बिहिबार, मंसिर ५, २०८२
काठमाण्डौ ।

विरेन्द्र बाग: कार्तिक २८ देखि ३० गतेसम्म काठमाडौँमा सम्पन्न पाँचौँ खुला अन्तर्राष्ट्रिय टेक्वान्दो प्रतियोगितामा दमदार प्रदर्शन गर्दै पदक विजेता बनेका सुदूरपश्चिम प्रदेशका खेलाडी, टिम कोच तथा डोजाङ प्रमुखहरूलाई कञ्चनपुरमा भव्य समारोहकाबीच सम्मान गरिएको छ।

 

बिहीबार कञ्चनपुरको कबड्डी हलमा राष्ट्रिय टेक्वान्दो संघ नेपाल, जिल्ला कार्यसमिति कञ्चनपुरले आयोजना गरेको हो। प्रतियोगितामा सुदूरपश्चिमका खेलाडीहरूले ४ स्वर्ण, ६ रजत र ६ कास्य गरी कुल १६ पदक हात पार्दै प्रतिस्पर्धामा सुदूरपश्चिमको प्रभावशाली उपस्थिति स्थापित गरेका थिए।

कार्यक्रममा केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय खेलाडी धिरेन्द्र कठायत,

जिल्ला अध्यक्ष देवराज पाण्डे,प्रशिक्षक राजेन्द्र भण्डारी,चन्द्रदेव जोशी,कृष्ण धानुक,सचिव चक्रबहादुर चन्द, टिम कोच अर्जुन त्रीवा र रामचन्द्रले पदक विजेताहरूलाई प्रमाणपत्र, अविर र लड्डु खुवाउँदै सम्मान गरेका छन्।

 

स्वर्ण पदक विजेता : मेलिना कुमारी जोशी,हेमानिसी बोहरा,चक्रबहादुर सार्की,रोशन नाथ

रजत पदक विजेता : पूर्णिमा क्षेत्री,गायत्री भट्ट,एलिस भट्ट,समिर धामी,सनी त्रीवा,पूजन सुनार

कास्य पदक विजेता :जानकी नाथ,वर्षा कामी,सुरज रोकाया,दिवाकर चौधरी,यमन बहादुर बोहरा,पवन सिंह ठकुरी सहीत १६ जना खेलाडी रहेका हुन ।

कार्यक्रममा बोल्ने वक्ताहरूले अन्तर्राष्ट्रिय मञ्चमा सुदूरपश्चिमका खेलाडीहरूले निरन्तरता पाउँदै गरेको सफलता प्रदेशको प्रतिष्ठा र गौरव बढाउने उपलब्धि भएको उल्लेख गरे। खेलाडीहरूलाई प्रदान गरिएको सम्मानले आगामी दिनमा अझ ठूलो प्रेरणा र उत्साह दिने राष्ट्रिय टेक्वान्दो संघ नेपाल, जिल्ला कार्यसमिति कञ्चनपुरले जानकारी दिनु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.