सन्तोष धानुक : कंचनपुर,फागुन ६ । कंचनपुरको महेन्द्रनगरमा १६ औ सुदुरपस्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव फागुन १२ गते देखि २१ गते सम्म संचालन हुने भएको छ ।
कंचनपुर उद्योग बाणिज्य संघले मंगलबार उद्योग बाणिज्य संघको आफ्नै सभा हलमा पत्रकार सम्मेलन राखेर जानकारी गराउनु भएको छ।कृषि उत्पादन र स्वरोजगार आर्थिक समृद्धिको आधार भन्ने मुल नाराका साथ व्यवसाय प्रबर्द्धन गर्न र घरेलु तथा साना उद्योगले उत्पादन गरेका वस्तुहरुको प्रचार प्रसार र स्थानिय पर्यटकिय क्षेत्रहरुको प्रबर्द्धन एवम प्रचार प्रसार गर्नका लागि महोत्सव मेला संचालन गर्न लागेको उद्योग बाणिज्य संघ कंचनपुरका अध्यक्ष पिताम्बर जोशीले बताएका छ्न ।
उनले भने मेला दश दिनसम्म सन्चालन हुने मेलामा दुई लाख भन्दा बढीले महोत्सव अबलोकन गर्ने बताएका छ्न ।मेलामा दुई सय भन्दा बढी स्टलहरु रहने छ्न जसमा बीस वटा फुड स्टल रहने छ्न। संघका अध्यक्ष जोशीको संयोजकत्वमा १५१ सदस्य मुल आयोजक समेती रहनेछन ।संघले विभिन्न समाजिक क्षेत्रमा सहयोग गर्नका लागि प्रती टिकट ५ रुपैयाँ छुट्याएको छ । जस मध्ये २ रुपैयाँ नेपाल आमाको मुर्ती भम्केनी धामको लागि र रु १ रुपैयाँ नेपाल पत्रकार महासंघ कंचनपुर साखाकोको कल्याण कोषको लागि र रु २ रुपैयाँ अन्य समाजिक क्षेत्रको लागि छुट्याएको जानकारी दिएका छ्न।
मेलामा सुदुरपस्चिमका सबै जिल्ला बाट उद्योगी व्यापारीहरुलाई समाबेश गराइने छन् ।मेलाको समुद्घाटनमा नेपाल सरकारका माननीय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्ने भएका छन्। भने मित्ररास्ट्र भारतको उत्तराखण्ड प्रदेशका माननीय कैबिनेट मन्त्री सतपाल महाराजको विशिष्ट अतिथी समेत रहने छ्न अध्यक्ष जोशीले जानकारी दिनु भएको छ।
