विरेन्द्र बाग: फागुन १३ । पशुपतिनाथ मन्दिर क्षेत्रमा थरिथरिका बाबा, साधुसन्तको उपस्थिति र चहलपहल बढेको छ। छिमेकी देश भारत र नेपालका विभिन्न स्थानबाट बाबा, साधुसन्त पशुपति क्षेत्रमा आइसकेका छन् भने भारतमा जारी रहेको महाकुम्भ मेलाको कारण यस वर्ष भने तुलनात्मक रूपमा बाबा, साधुसन्तको उपस्थिति अलि कम रहेको छ ।

जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । महाशिवरात्रिको अवसरमा काठमाडौँस्थित विश्व सम्पति सुचिमा समावेश भएको पशुपति मन्दिरमा चार थरीका सम्प्रदायका बाबाहरु आउने गर्छन्
।

