News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत किन् पठाएन सरकारले? : ज्ञानेन्द्र शाही

User Photo
मङ्लबार, फाल्गुन १३, २०८१
काठमाण्डौ ।

 

विरेन्द्र बाग:फागुन १३।स्थानीय तहमा सरकारले प्रमुख प्रशासकीय अधिकृत किन् नपठाएको भन्दै राष्ट्रीय प्रजातन्त्र पार्टीका सचेक तथा सांसद ज्ञानेन्द्र शाहीले संसदमा मङ्गलबार आक्रोस पोखेका छन् ।

 

 

प्रतिनिधिसभा बैठकमा बोल्नै सांसद शाहीले सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको र प्रमुख प्रशासकीय अधिकृत नहुँदा शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी, सफाईकर्मीले तलब नपाएको जानकारी गराए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसको पाप समेत लाग्ने शाहीले बताए ।

 

 

उनले भने, ‘आज काठमाडौँ महानगरपालिका लगायत देशका सबै नगरपालिका, धेरै भन्दा धेरै नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकेर राखिएको छ । देशका शिक्षक कर्मचारीहरु ठप्प छन् । काठमाडौँ महानगरमा सरसफाई गर्ने कर्मचारीले तलब खान पाएका छैनन् । यो ओली सरकारलाई त्यसको पाप लाग्ला । आज शिक्षक, स्वास्थ्यकर्मीले तलब पाएका छैनन्, आज मेरो जुमलामा पनि त्यही हालत छ । आज ८३ हजार ५ सय ५८ जना निजामति कर्मचारीहरु के नेताको घरमा चाकडी गर्न र घरदैलो अभियान गर्न नियुक्ति गरिएको हो सम्माननीय सभामुख महोदय ?’

 

उनले थपे, ‘काठमाडौँ महानगरपालिलाई बन्धक नबनाइयोस्, फोहोर उठाउने मानिसको पाप लाग्ला ।’उनले सरकारले देशभरीको स्थानीय तहको हालत खराब गरेको बताए । काठमाडाैँ महानगर लगायत देशका धेरै स्थानीय तहहरुमा अहिले प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासिनक कामहरु ठप्प भएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.