धनगढीः शैलेश्वोरी सामुदायिक बन धनगढी उपमहानगरपालिका वडा न ९ को बन क्षेत्र भित्र २ जना मृत भेटिएका छन । मृत हुनेमा धनगढी १० बस्ने अन्दाजी बर्ष ५० का देबल चौधरी र सोही स्थान बस्ने अन्दाजी बर्ष ५१ का कैदा राना रहेका छन ।
बिहान स्थानिय बासीले मृत अवस्थामा देखे पछि अस्थायी प्रहरी पोस्ट धनगढी १२ जुगेडा लाई जानकारी गराएको हो । मृतक देबल चौधरी रुखमा झुन्डिएको अवस्थामा र कैदा राना सोही स्थान भन्दा केही पर पल्टिएको अवस्थामा भेटिएका छन ।
