News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

वडाध्यक्ष सिताराम रिजालको निधन: बेलौरी नगरपालिका कन्चनपुर 

User Photo
शनिबार, फाल्गुन २४, २०८१
काठमाण्डौ ।

 

हरिश्चन्द्र बाग, कञ्चनपुर, २४ फागुन । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजालको निधन भएको छ । केही महिनायता फोक्सोसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष रिजालको गएराति १२:३० बजे आफ्नै निवासमा निधन भएको परिवारजनले जानकारी दिइएका छन्।

 

उहाँ प्रति श्रद्धाञ्जलीका लागि आज बिहान १०:०० देखि ११:०० बजेसम्म पार्थिव शरीर वडा कार्यालयमा राखिने र त्यसपछि आजै दिउँसो बेलौरी स्थित भकुण्डा आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।

 

२००९ भदौ ५ गते धादिङ जिल्लाको साबिक नीलकण्ठ गाउँ पञ्चायत वडा नम्बर ५ साँखुमा बुवा मुक्तिनाथ रिजाल र आमा वाल कुमारी रिजालको कोखबाट जन्मिनु भएका सिताराम रिजाल २०३९ सालको गाउँ पञ्चायत निर्वाचनमा वडा अध्यक्षको रूपमा निर्वाचित हुनुभयो । २०४१ सालतिर उहाँ परिवार सहित कञ्चनपुरको साबिक लक्ष्मीपुर गाविस वडा नम्बर ९ (हाल बेलौरी नगरपालिका वडा नम्बर ३) मा बसाइँ सर्नु भयो ।

 

२०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा उहाँले नेकपा (एमाले) बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको थियो । तर झिनो मतान्तरले पराजित हुनुभयो । त्यसपछि २०७९ सालको स्थानीय तह सदस्य निर्वाचनमा उहाँ वडाध्यक्ष पदमा निर्वाचित हुनु भयो ।

 

उहाँकी श्रीमती डिल कुमारी रिजालको २०७९ सालको स्थानीय तह निर्वाचनकै समयमा निधन भएको थियो । उहाँका छोराहरू हरिप्रसाद रिजाल, स्व. अर्जुन प्रसाद रिजाल, बाबुराम रिजाल, ठाकुर प्रसाद रिजाल र छोरी गीता रिजाल हुन् । वडाध्यक्ष रिजालको असामयिक निधनले बेलौरी क्षेत्रमा शोकको वातावरण बनेको छ । स्थानीयवासी र शुभचिन्तकहरू समाज र राजनीतिमा उहाँले पुर्‍याएको योगदानको स्मरण गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.