विरेन्द्र बाग: चैत्र ,९ । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखनाथ, गोरखाकाली मन्दिरमा २ घण्टा लामो पुजा गरेका छन्।धार्मीक भ्रमणका क्रममा गोरखामा छन् । सो क्रममा उनले शनिबार गोरखपुर मन्दिरमा पुजाआजा गरेका छन् । उनलाई मन्दिरका पुजारीहरुले स्वागत गरेका थिए ।
उनको स्वागतका लागि धेरै मानिसहरु जम्मा भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहले धेरै वर्षपछि पुर्खाको थलोमा आउँदा खुशी लागेको बताए । उनले भने, ‘अहिले देशमा शन्ती चाहिएको छ । कसैले कसैको पनि खराब नचितावस् । मेरो कामना छ ।’
त्यस्तै उनले कोही पनि केही गर्नको लागि डराउनु नपर्ने बताए । उनले देशमा शन्ती छाओस् र विकास होस् भन्ने कामना पनि गरे ।
पूर्वराजाको धार्मीक भ्रमणका विषयमा प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति समेत रहेका वरिष्ठ संस्कृतिविद् गुरुङले सामाजिक संजालमा एक पोष्ट गर्दै सम्पूर्ण पूर्वराजाले जुन सुकै अवस्था र बेलामा पनि गोरखा दरबार प्रवेश गरि आफ्ना कुलदेवी गोरखकालीको दर्शन, पूजन गर्न सक्ने उल्लेख गरेका थिए ।

