विरेन्द्र बाग : कंचनपुर ,चैत्र ११। नेपाल बुद्धिजीवी परिषद् कञ्चनपुरले आफ्नो ११औं जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ। अधिवेशन राजेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा सञ्चालन भएको थियो।
कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं पोलिटब्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज निरु देवी पाल प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। त्यसैगरी, नेकपा (एमाले) का केन्द्रीय सदस्य नरबहादुर धामी विशिष्ट अतिथि रहनुभएको थियो।
अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ।
अध्यक्ष: भवराज रेग्मी, उपाध्यक्ष: गिरिश देव भट्ट, सचिव: धर्मानन्द भट्ट, उपसचिव: बिन्देश्वरी चन्द, कर्णबहादुर रोकाया,कोषाध्यक्ष: गणेश जोशी , सदस्यहरू:नवराज भट्ट,गगाप्रसाद रिजाल,जनकबहादुर बिष्ट,राम आश्रय राना,सरस्वती चन्द भट्ट,दीर्घराज घिमिरे लगायतको नयाँ नेतृत्व चयनसँगै नेपाल बुद्धिजीवी परिषद् कञ्चनपुरले आगामी दिनमा जिल्लाका बुद्धिजीवीहरूलाई एकत्रित गर्दै सामाजिक, शैक्षिक तथा राजनीतिक सुधारमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

