News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

बालुमाया वलि लाई काजकिर्या खर्च बापत एक्काइस हजार आर्थिक सहयोग हस्तान्तरण  

User Photo
मङ्लबार, चैत्र ११, २०८१
काठमाण्डौ ।

 

 

गणेश शाही: दैलेख,चैत्र १२ ।मेरो माइक्रो फाइनान्स लघुबित्त बित्तिय संस्था लिमिटेढ शाखा कार्यालय घोडाबास दैलेखले डबलगैरा मैला केन्द्र ४५ कि बालुमाया वलि लाई काजकिर्या खर्च बापत एक्काइस हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

 

 

 

समूहका सदस्य तथा वडा अध्यक्ष खडक बहादुर शाही को सहभागितामा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । समूहमा आबद्ध भएका सदस्य बालुमाया वलिका श्रीमान प्रेम बहादुर वलि को मृतु भय पछि काजकृया खर्च बापतको एकाइ हजार रकम हस्तान्तरण गरियको हो, सर्पदंश (सर्पको टोकाई) भई उपचार गर्नको निमित्त दुई हजार, दैविक प्रकोप सुरक्षा अन्तर्गत रु पाँच हजार ५ सय, सदस्य वा सदस्यको श्रीमानको मृत्यु भएमा काजक्रिया खर्च बापत रु २१ हजार, एकल सदस्यको हकमा रु ४२ हजार लगायतका सहयोग रकम प्रदान गर्दै आएको घोडाबास दैलेखका शाखाका प्रबन्धक चतुर्भुज शाही ले जानकारी दिए ।

 

नेपाल राष्ट्र बैंकबाट (घ) वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको ६४ जिल्लामा १ सय ४९ शाखा कार्यालय मार्फतसेवा प्रदान गर्दै आएको संस्थाले नागरिकको विभिन्न जिल्लामा बचत , कर्जा बिमा कारोबार र अन्य सामाजिक उत्तर दायित्व मा समेत सहयोग गर्दै आएको उक्त शाखामा कार्यरत कर्मचारी गणेश बहादुर शाहीले जानकारी दिनु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.