विरेन्द्र बाग:कंचनपुर , चैत्र १५ ।सुदूरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पसमा अनेरास्ववियुको नयाँ नेतृत्व चयन गरिएको छ। सर्वसम्मत निर्णय अनुसार खगेन्द्र रोकाया अध्यक्षमा चयन भएका छन्। ३५ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ, जसमा निम्न पदाधिकारीहरू चयन भएका छन्:
अध्यक्ष: खगेन्द्र रोकाया उपाध्यक्ष: हरिश भट्ट सचिव: पवन धामी सहसचिव: उमेश जोशी, अनिल साउद, पुस्पा बिस्ट, हेमन्ती जोशी, तर्कराज शर्मा
कोषाध्यक्ष: कबिर सिंह साउद नयाँ नेतृत्व चयन भएको छ नया नेतृत्वलाई अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष मर्यादा बिस्टले सपत ग्रहण गराउनु भयो । अनेरास्ववियुले विद्यार्थी अधिकार, शैक्षिक सुधार र संस्थागत विकासलाई प्राथमिकतामा राख्ने बताएको छ। नव-निर्वाचित अध्यक्ष खगेन्द्र रोकायाले विद्यार्थी हितका मुद्दाहरू उठान गर्दै विश्वविद्यालय प्रशासनसँग सहकार्य गरेर शैक्षिक गुणस्तर वृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस नयाँ कमिटी गठनसँगै अनेरास्ववियुले सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थी अधिकार र शैक्षिक सुधारका लागि प्रभावकारी पहल गर्ने अपेक्षा गरिएको छ।

