कैलाली: चैत्र १६।काठ व्यापारीहरुसंगको आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले शनिवार राजिनामा दिएका छन् भाद्र महिनाको एक छलफलमा गरिएको आर्थिक लेनदेन सम्बन्धि कुराकानीको अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीले शनिवार राजिनामा दिएका हुन् ।
काठ व्यापारीसंगको मिलोमतोमा ढलापडा, सडा काठको टेण्डर र दिगो वन व्यवस्थापनको कार्य विधि बनाउन मोल मोलाई गरिरहेको मन्त्री चौधरीको अडियो सार्वजनिक भएपछि मुख्यमन्त्री कमल बहादुर शाहले चौधरीलाई पदबाट राजिनामा दिन निर्देशन दिएका थिए ।
टीकापुरमा रहेका मन्त्री चौधरीलाई आज बिहान धनगढीस्थित निवासमा बोलाएर मुख्यमन्त्री शाहले चौधरीलाई राजिनामा दिन निर्देशन दिदै नदिए बर्खास्त गर्ने चेतावनी दिएका थिए ।
मुख्यमन्त्री शाहलाई भेटेर फर्किएपछि चौधरीले पदबाट राजिनामा दिएका हुन् ।
राजिनामा अघि मन्त्रीले मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर अडियोबारे जानकारी दिएका थिए ।

