News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

पत्रकार सुरेश रजकको हत्याको विरोध र्‍याली:पत्रकार महासंघ कञ्चनपुर

User Photo
शनिबार, चैत्र १५, २०८१
काठमाण्डौ ।

 

विरेन्द्र बाग: कन्चनपुर, चैत्र १६। पत्रकार सुरेश रजकको हत्याको विरोधमा कञ्चनपुरको महेन्द्रनगरमा शनिबार विरोध र्‍याली निकालेको छ। पत्रकार महासंघ कञ्चनपुरले पत्रकार हत्या र सञ्चार गृहमा गरिएको आक्रमणको विरोधमा महेन्द्रनगर बजारमा र्‍याली निकालेको हो।

 

शुक्रबार राजावादीको आन्दोलनको क्रममा उग्रआन्दोलनकारीले काठमाडौँको तिनकुनेमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकलाई घरमा थुनेर आगो लगाएर जलाएर हत्या गरेका थिए।

 

यस्तै, कान्तिपुर, अन्नपूर्ण लगायत मिडिया हाउसमा तोडफोड समेत गरिएको थियो।घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउनु पर्ने माग पत्रकार महासंघ कञ्चनपुरले राखेको छ।

 

पत्रकार महासंघ कञ्चनपुरको कार्यालयबाट सुरु भएको र्‍याली महेन्द्रनगर बजार परिक्रमा गर्दै मदनचोकमा गएर कोणसभामा परिणत भएको थियो।

 

लोकतन्त्रमा स्वतन्त्र पत्रकारितामा धावा बोलेर अराजकता प्रदर्शन गरिएको भन्दै घटनामा संलग्न कारबाहीको माग गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.