News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीबीच बैंककमा आत्मीय भेटवार्ता:द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउने सहमति

User Photo
शुक्रबार, चैत्र २१, २०८१
काठमाण्डौ ।

 

विरेन्द्र बाग: चैत्र २२ ।थाइल्याण्ड बैंकक, बिम्स्टेक शिखर सम्मेलनको अवसरमा थाइल्याण्डको राजधानी बैंककमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आत्मीय र सौहार्दपूर्ण भेटवार्ता सम्पन्न भएको छ।

 

दुई मित्र राष्ट्रका प्रधानमन्त्रीहरूबीच भएको यो उच्चस्तरीय संवादलाई “अत्यन्तै सार्थक र फलदायी” भन्दै प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्धका विविध पक्षमा सकारात्मक छलफल भएको बताएका छन्।

 

भेटमा द्विपक्षीय हितका मुद्दा, आर्थिक सहकार्य, पूर्वाधार विकास, ऊर्जाको आदानप्रदान, सीमा व्यवस्थापन तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा गहन विचारविमर्श भएको स्रोतले जनाएको छ।

 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “प्रधानमन्त्री मोदीसँगको संवाद हार्दिक र उपयोगी रह्यो। यसले दुई देशबीचको मित्रतालाई अझ नयाँ उचाइमा पुर्‍याउनेछ।”

 

बिम्स्टेक शिखर सम्मेलनले उठान गरेका क्षेत्रीय समृद्धि, व्यापार तथा आपसी सहकार्यका विषयहरूमा समेत दुई नेताबीच समान धारणा बनेको जनाइएको छ।

 

प्रधानमन्त्री ओली बिम्स्टेक सम्मेलनमा नेपालको नेतृत्व गर्दै उच्चस्तरीय प्रतिनिधिमण्डलसहित बैंककमा छन्। उक्त सम्मेलनले दक्षिण एशिया तथा दक्षिण–पूर्वी एशियाका राष्ट्रहरूबीच क्षेत्रीय समन्वय र सहकार्यलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.