सन्तोष धानुक /कञ्चनपुर, बैशाख ८ – लोकप्रिय गायन रियालिटी शो Singing Star Nepal Season 4 मा कञ्चनपुरको बेदकोट नगरपालिका–४, बैतडाका आशिष चन्द (अशिम) Top 3 मा पुग्न सफल भएका छन्। सुदूरपश्चिमको आवाजलाई राष्ट्रिय मञ्चमा पुर्याएका अशिमलाई जिताउन हाल कञ्चनपुरका विभिन्न स्थानहरूमा भोट अपिल सहितको ब्यानर राखेर अभियान सञ्चालन गरिएको छ।

स्थानीय युवाहरू, शुभ चिन्तकहरू र सांगीतिक प्रेमीहरू मिलेर विभिन्न ठाउँमा ब्यानरको अनावरण गर्दै सबैलाई भोट गर्न आग्रह गरेका छन्। ‘यो हाम्रो आवाज हो!’ भन्ने नारासहित सामाजिक सञ्जाल देखि सडकसम्म भोटिङ अभियान तिव्र रुपमा अगाडि बढाइएको छ।
भोट गर्ने विवरण यसप्रकार छ:
➡️ Voting Link: www.aventoz.com
➡️ भोटिङ समय: आइतवार राति १०:३० बजेदेखि बुधवार दिउँसो २:०० बजेसम्म
स्थानीय स्तरमा भइरहेको यस्तो सक्रिय समर्थनले अशिमलाई राष्ट्रिय जितको नजिक पुर्याउने विश्वास गरिएको छ। सुदूरपश्चिमको गौरवलाई देशैभर चिनाउन सबै नेपालीहरूलाई एकपटक भोट गर्न हार्दिक अनुरोध गरिएको छ।
आउनुहोस्, सुदूरपश्चिमको सन्तानलाई देशको गहना बनाऔं — आशिष चन्द (अशिम) लाई Singing Star Nepal Season 4 को विजेता बनाऔं!

