News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

कन्चनपुरमा वडाध्यक्षको मृत्यु 

User Photo
बुधबार, बैशाख १०, २०८२
काठमाण्डौ ।

 

कञ्चनपुर – बेदकोट नगरपालिका–९ का वडाध्यक्ष जनकसिंह विष्टको निधन भएको छ। बुधबार दिउँसो बेदकोट ताल क्षेत्र नजिक बेहोस अवस्थामा फेला परेका विष्टको उपचारको क्रममा मृत्यु भएको हो।

 

विष्टलाई तत्काल उपचारका लागि महाकाली अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार बुधबार साँझै उपचारका क्रममा उनको निधन भएको हो। घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीका अनुसार वडाध्यक्ष विष्टको मृत्युको कारण खुलाउनका लागि अनुसन्धान अगाडि बढाइएको छ।

 

निधन हुनु अघिको दिनमात्रै विष्टले सामाजिक सञ्जाल फेसबुकमा “हाँसोभित्रको पीडा” शीर्षकमा भावुक स्टाटस लेखेका थिए। बुधबार बिहान सामाजिक सुरक्षा भत्ता वितरणको कार्यक्रम सकेर उनी मोटरसाइकलमा कामका लागि निस्किएका थिए। जानुअघि उनले वडासदस्य पार्वती विष्टलाई केही जिम्मेवारीसमेत सुम्पेका थिए।

 

नेपाली सेनाबाट सेवानिवृत्त भएका जनकसिंह विष्ट २०७४ सालको स्थानीय तह निर्वाचनमा वडासदस्यमा निर्वाचित भएका थिए भने २०७९ सालमा वडाध्यक्ष पदमा विजयी भएका थिए। जनप्रतिनिधिका रूपमा सक्रिय भूमिका निभाउँदै आएका विष्टको अकालमै मृत्युकोे खबरले बेदकोटमा शोकको छायाँ छाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.