News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

KIIT विश्वविद्यालयमा अर्को नेपाली विद्यार्थीको निधन: ABVP ले कडा कारबाहीको माग

User Photo
शुक्रबार, बैशाख १९, २०८२
काठमाण्डौ ।

 

 

भारतको ओडिशा राज्यस्थित KIIT विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा शाह मृत अवस्थामा फेला परेकी छिन्। यसअघि सोही विश्वविद्यालयमा अर्की नेपाली विद्यार्थी प्रकृति लम्सालको निधन भएको केही समयमै फेरि अर्को दुःखद घटना दोहोरिएको हो।

 

प्रिशा शाहको मृत्युले विश्वविद्यालयको विद्यार्थी सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। लगातार दोस्रो नेपाली विद्यार्थीको निधन भएपछि भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद (ABVP) ले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै ओडिशा सरकारसँग KIIT विश्वविद्यालयमाथि कडा कारबाही गर्न माग गरेको छ।

 

ABVP का अनुसार विश्वविद्यालय प्रशासनको लापरवाही र कमजोर व्यवस्थापनका कारण यस्ता घटना दोहोरिएको हो। संगठनले घटनाको निष्पक्ष छानबिन गर्दै दोषीहरूलाई कारबाही गर्न र विदेशी (विशेषगरी नेपाली) विद्यार्थीहरूको सुरक्षाका लागि विशेष व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।

 

नेपाली विद्यार्थी समुदायमा निरन्तर यस्ता घटनाले त्रास फैलिएको छ। उनीहरूले विश्वविद्यालय प्रशासनसँग सुरक्षा व्यवस्था सुधार्न र पारदर्शिता कायम गर्न माग गरेका छन्। यता, भारतस्थित नेपाली दूतावासले घटनाबारे जानकारी लिइरहेको र मृतकका परिवारसँग सम्पर्कमा रहेको जनाएको छ।

 

प्रिशा शाहको मृत्युको कारण खुल्न बाँकी रहेको र स्थानीय प्रहरीद्वारा अनुसन्धान जारी रहेको ओडिशा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.