News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

किडजोन पब्लिक स्कूलमा परम्परागत भाँडाकुँडा निर्माण तथा प्रदर्शनी कार्यक्रम सम्पन्न

User Photo
शुक्रबार, बैशाख २६, २०८२
काठमाण्डौ ।

 

 

रेखा धानुक:गोदावरी नगरपालिका–५, अत्तरिया स्थित किडजोन पब्लिक स्कुलले परम्परागत माटाका भाँडाकुँडा निर्माण तथा चित्रकला प्रदर्शनी समेत समेटिएको एक दिने हस्तकला कार्यक्रम सम्पन्न गरेको छ।

 

विद्यार्थीहरूमा  संस्कृति प्रतिको अभिरुचि अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए। विद्यालयमा हाल ५५० जना विद्यार्थी अध्ययनरत छन्।

 

कार्यक्रममा विद्यार्थीहरूले आफैंले माटोबाट भाँडाकुँडा बनाउने, चित्र कोर्ने र आफ्ना हस्तकला सामाग्रीहरू प्रदर्शनी गर्ने अवसर पाएका थिए। साथै, लोपोन्मुख परम्परागत सामग्रीहरू बारे जानकारी दिइँदै, तिनको महत्वबारे सचेतना पनि फैलाइएको थियो।

 

कार्यक्रममा अभिभावकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको विद्यालय प्रशासनले जानकारी दिएको छ। विद्यालयले यसअघि पनि विविध सांस्कृतिक तथा शैक्षिक क्रियाकलापहरू गर्दै आएको छ।

 

विद्यालयका प्रधानाध्यापकले यस्ता कार्यक्रमहरूले बालबालिकामा आत्मविश्वास, सिर्जनात्मकता र संस्कृति प्रतिको सम्मान अभिवृद्धि गराउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.