बर्दिया — पछिल्लो केही महिनामा बर्दिया राष्ट्रिय निकुञ्जबाट २० वटा गैंडा सीमा पार गरी भारततर्फ गएका छन्।
वन विभागका अनुसार गैंडाहरू स्वाभाविक विचरणका क्रममा सीमा नाघेर भारततर्फ प्रवेश गरेका हुन्। तर यति ठूलो सङ्ख्यामा गैंडा बाहिरिनु संरक्षणकर्मीहरूका लागि चिन्ताको विषय बनेको छ।
विशेषज्ञहरू भन्छन्, सीमावर्ती क्षेत्रको निगरानी अझ सशक्त नबनाए दुर्लभ वन्यजन्तु हराउने खतरा बढ्न सक्छ।
बर्दियामा अहिले करिब ४० भन्दा बढी गैंडा रहेका छन्।

