News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

पत्रकार खेम भण्डारीलाई लक्षित गर्दै भएको फैसलाप्रति चौतर्फी आलोचना, अभिव्यक्ति स्वतन्त्रतामाथि कुठाराघात

User Photo
बिहिबार, जेष्ठ २, २०८२
काठमाण्डौ ।

 

विरेन्द्र बाग:कञ्चनपुर, १ जेठ — कञ्चनपुरका वरिष्ठ पत्रकार खेम भण्डारीमाथि जिल्ला अदालत कञ्चनपुर द्वारा सुनाइएको एक महिनाको कैद सजाय, १० हजार रुपैयाँ जरिवाना र एक लाख क्षतिपूर्तिको फैसला आपत्तिजनक भएको भन्दै पत्रकारिता क्षेत्र, नागरिक समाज र अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरू बाट तीव्र आलोचना भइरहेको छ।

 

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा न्यायको खोजी गर्दै निरन्तर कलम चलाएका भण्डारीमाथि झुटा र व्यक्तिगत प्रतिशोधको आधारमा मुद्दा दायर गरिएको उनी निकट स्रोतको दाबी छ। तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरणराज विष्टले ‘गाली बेइज्जती’को आरोप लगाउँदै मुद्दा हालेका थिए। तर पत्रकार भण्डारीले सार्वजनिक चासोका आधारमा प्रश्न उठाउँदै सामाजिक सञ्जाल र समाचार मार्फत आवाज उठाएका थिए।

 

“सञ्चारकर्मीलाई आवाज उठाएको आधारमा सजाय सुनाउनु अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार हो,” एक स्थानीय पत्रकारले भने। उनले थपे, “निर्मला प्रकरण जस्तो राष्ट्रिय चासोको विषयमा बोल्नेलाई यसरी थुन्ने कामले राज्यको नियतमाथि प्रश्न उठाएको छ।”

 

पत्रकार भण्डारीले आफूले न्यायको पक्षमा सत्य तथ्यमा आधारित आवाज उठाएको र आफूले कुनै व्यक्ति विशेषलाई लक्षित गरी गाली नगरेको स्पष्ट पार्दै अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरिरहेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.