News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

दार्चुलामा अविरल वर्षा, हावाहुरी र असिना पानीले ठूलो क्षति

User Photo
सोमवार, जेष्ठ ६, २०८२
काठमाण्डौ ।

 

दार्चुला, जेठ ५ गते।दार्चुलामा लगातारको अविरल वर्षा, भीषण हावाहुरी र असिना पानीले व्यापक क्षति पुर्‍याएको छ। जिल्लाका विभिन्न स्थानमा घर, विद्यालय, सडक, विद्युत सेवा, खेतीपाती र जनजीवन प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ।

 

गोकुलेश्वर–दार्चुला मुख्य सडक खण्ड अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण सवारी आवागमन ठप्प भएको छ।मालिकार्जुन गाउँपालिका–६ मा रहेको गरडा माध्यमिक विद्यालयको छाना हावाहुरीले पूर्ण रूपमा उडाएको छ। त्यसैगरी, मालिकार्जुन–७ मा रहेको चौकी आधारभूत विद्यालयको छाना पनि हावाहुरीले क्षतिग्रस्त बनाएको छ।खान मावि, ऐरीछाना क्षेत्रमा असिना पानीसहित आएको हावाहुरीले विद्यालयको भौतिक संरचना र शिक्षण सामग्रीमा ठूलो क्षति पुर्‍याएको छ।

 

हावाहुरीका कारण जिउछे गाउँ र पासादेऊ–टाटिक क्षेत्रको विद्युत सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। रुख ढलेर बिजुलीका तारहरु चुडिएका छन्। साथै, महाकाली लोकमार्ग सल्लाका रुख ढलेपछि ठुलसैनी क्षेत्रमा अवरुद्ध बनेको छ। सडक खुलाउन डोजर पठाउने तयारी भइरहेको जनाइएको छ।

 

फलफूल तथा मकै बालीमा पनि ठूलो क्षति भएको छ। शैल्यशिखर नगरपालिका अन्तर्गत ठुलसैनी, बगौरा, बजानी झरकाडा र मालिकार्जुन गाउँपालिकाका विभिन्न क्षेत्रमा असिना पानीले बाली सखाप बनाएको स्थानीय कृषकले बताएका छन्।

 

यस्तै, मालिकार्जुन गाउँपालिका–८, धामीगडाका भुवन प्रसाद पन्तको घरको छाना हावाहुरीले भत्काएको छ। परिवार अस्थायी टहरोमा बस्न बाध्य भएको छ।

 

स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला निकायहरूलाई उद्दार तथा पूर्वावस्थामा फर्काउने कार्यमा खटिन आग्रह गरिएको छ।साथै सबै नागरिकलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.