News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

बेरुजुको भुँडी फाट्यो: सुप विश्वविद्यालयमा १७ करोडभन्दा बढी रकमको अन्धकार

User Photo
आइतवार, जेष्ठ १२, २०८२
काठमाण्डौ ।

विरेन्द्र बाग:कञ्चनपुर, जेठ ११ । सुदूरपश्चिम विश्वविद्यालय (सुप) मा गत आर्थिक वर्ष ०८०/०८१ मा १७ करोड १६ लाख २१ हजार रुपैयाँ बराबरको बेरुजु देखिएको छ। महालेखा परीक्षकको कार्यालयले राष्ट्रपतिलाई बुझाएको पछिल्लो प्रतिवेदनमा विश्वविद्यालयको आर्थिक सुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न उठाइएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयले विभिन्न योजनामा कागजातविना भुक्तानी गरेकाे, असुल्नुपर्ने रकम संकलन नगरेकाे, र लाखाैं रकम पेश्कीस्वरूप लिएको देखिएको छ।

महालेखाको प्रतिवेदनअनुसार ५७ लाख ५६ हजार रुपैयाँ असुल्नुपर्ने रकम छ भने १४ करोड ६८ लाख ३७ हजार रुपैयाँ नियमित बेरुजुका रूपमा सूचीकृत छ। त्यसैगरी, विश्वविद्यालयले २ करोड ४७ लाख ८४ हजार रुपैयाँ कागजातविना भुक्तानी गरेको र ७ लाख ८३ हजार रुपैयाँ पेश्कीस्वरूप लिएको उल्लेख छ।

शिक्षा जस्तो संवेदनशील क्षेत्रमा यति ठूलो आर्थिक लापरबाही देखिनुले विश्वविद्यालयको आन्तरिक प्रशासन, पारदर्शिता र जिम्मेवारीबोधमाथि गम्भीर आशंका उत्पन्न गराएको छ।

विश्वविद्यालय स्रोतले केही योजनाका कागजात हराएको, प्राविधिक त्रुटि भएको, वा कर्मचारी तथा प्राध्यापकहरूले रकम लिएर काम नगरेको जस्ता कारणले बेरुजु देखिएको हुनसक्ने संकेत गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.