News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

कम्युनिस्ट युवाहरु निर्मम बन्ने बेला आएको छ् – दिपेन्द्र ऐर

User Photo
बिहिबार, जेष्ठ १६, २०८२
काठमाण्डौ ।

 

 

हाम्रो देशमा राजनीतिक रुपमा हुने हरेक उतावचडाप र संसदीय सत्तामा पटकपटक प्रहार हुने अथवा मुलुकमा अस्थिरता मच्चिरहने मुल राजनीतिका कारण भनेकै वर्तमान दलाल पुजीवादी संसदीय व्यवस्था हो, संसदीय राजनीतिक प्रणाली भएको जुनसुकै मुलुकमा पनि राजनीतिक उतावचडाप भईरहेको देख्न सकिन्छ !

 

चाहे त्यो जातिय दन्द्व होस् वा एक मुलुकले अर्को मुलुकमाथि हुने राजनीतिक प्रहार हुन , यसकै सेरोफेरोमा रहेर नेपालको संसदवादी राजनीति वा संसदीय सत्ता हेर्ने हो भने अहिले चौतर्फी घेराबन्दीमा परेको छ् अर्को तर्फ यसै सत्ताको जगमा टेकेर एकथरी मान्छेहरु खुलेआम रुपमा लुटखसोट मच्चाईरहेका छन् यस्का उदाहरणहरु हेर्ने हो भने अहिले वर्तमान स्थितिमा सत्तामा भईरहनेहरु र उनका वरिपरि घुमिरहेकाहरुलाई हेरे पुग्छ !

सत्ताका सेना प्रहरी वा रक्षकहरु भनेर प्रचलित भएकाहरु केवल यो बेथितिको प्रत्येक्ष र अप्रत्यक्ष रुपमा संरक्षण गर्ने काम मात्रै भईरहेको छ् न्यायलय त राजनीतिक आस्थाका आधारमा नियुक्ति र आस्थाकै भरमा हरेक निर्णय हुने गरिरहेको छ र खुलेआम लुटखोसट पनि मचाईरहेको छ ।

युवा शक्तिलाई यो देशमा टिक्नै नदिने नीति सरकारको छ ,टिकेका युवाहरुलाई पनि विभिन्न बाहनामा घुमाईरहेको पाईन्छ , यो जरजर अवस्थामा युवाहरुको राष्ट्र संकटमा पार्न बाट जोगाउन अहम भुमिका हुनुपर्ने त हो तर यो व्यवस्थाले नै बाह्य मुलुकहरु संग साटघाट गरेर सचेत केही प्रतिशत युवाहरुलाई लागूऔषध को लतमा पारेर त्यहि उनको जीवन तहसनहस पारेको छ् ती युवकहरु त्यो दलदलबाट मुक्त हुन नसकेको अवस्था हो र अर्को थरी युवा सत्ताको वरिपरि रहिरहने र उनकै जुठोपिरो खाएर उनकै संरक्षणमा लठ्ठ परेको छ उनलाई अन्य कुनैपनि पनि मतलब छैन् र एक थरी युवा यो सबै राजनीतिक लुटखसोठ देख्दादेख्दै पनि आफ्नो पारिवारिक दयनीय अवस्था पीडा भन्दा माथि उठन नसकेर विदेशी भुमिमा जान बाध्य छ र त्यसैमध्ये थोरै युवाहरु यो देशमा उनलाई चाहिने सेवासुबिधा र उनिहरुको योग्यता अनुसारको कर्म ऐशआराम नभेटेपछि उनी लाखौं करोडौं पैसा तिरेर भएपनि मानिने भिआईपि मुलुकहरुमा जान लस्कर लागिरहेका छन् र एकथरी युवा यस्तो अवस्थामा छ उनिहरुको घरतिर पनि चौतर्फी दयनीय अवस्था छ र पनि राष्ट्र माथिको चौतर्फी लुटखसोठ सहन नसकेर बिस्फोट हुने अवस्थामा छ विद्रोह गर्ने अवस्थामा छ् बेलाबखत गरिरहेको पनि देखिन्छ ! त्यसकारण तपाई हामी ईमानदार क्रान्तिकारी कम्युनिस्ट युवाहरु यी तमाम समस्याहरुका बिचबाट पनि यो देशको शाहयक समस्या भ्रष्टाचार र कुशासन विरुद्ध लड्न सम्पूर्ण देशभक्त प्रगतिशील न्यायप्रेमी युवाहरु लाई गोलबन्द गर्दै भ्रष्टाचार र कुशासन विरुद्धको लडाइँ पहिलो चरणको लडाइँमा तपाई हामी क्रान्तिकारी कम्युनिस्ट युवाहरु निर्मम बन्नुपर्ने बेल आएको छ। तपाई हामी सुझबुझ पुर्णतरिकाबाट पहलकदमी लिएर यो देशमा भ्रष्टाचार र कुशासनमा लिप्त रहेका जुनसुकै क्षेत्र,वर्ग,धर्म भुगोलका हुन कुर्सिबाट थुतेर रोडमा घिसार्दै जनस्तरको प्रतिनिधित्व गर्दै आवश्यक जनकारबाही गर्ने बेला भएको छ् र यो तपाई हाम्रो पहलकदमीले यो देशलाई जनसंघर्षको दिशातर्फ धकेल्छ र त्यो जनसंघर्षलाई तपाई हामीले जनविद्रोह परिणत गर्नुपर्छ अनि देशको प्रमुख समस्या वर्तमान दलाल पुजीवादी संसदीय सत्ताका विरुद्धको लडाइँका लागि चौतर्फी माहोल बनाउन अहम भुमिका खेल्नुपर्छ हरेक राष्टवाद देशभक्त सचेत नागरिकहरुलाई आवहान गर्दै सडक संघर्षमा होमिएर यो देशको दलाल चरित्रको संसदीय व्यवस्था जोले जनताहरुलाई, न स्वास्थ उपचार गराउन सकेको छ, न शिक्षा निशुल्क गर्न सकेको छ्, न युवाशक्तिलाई रोजगारी दिन सकेको न जमिनमाथि जन्मसिद्ध अधिकार दिलाउन सकेको छ् , न शान्तिपूर्णतरिकाले बस्न खान दिएको छ् दिएको छ त केवल सत्तामा हुने तिनका जुठोपिरो खाएर हुर्केकाहरुलाई खुलेआम चौतर्फी लुटखसोठ,भ्रष्टाचारमा लिप्त कुशासनमा लिप्त,कमिशनमा लिप्त न्यायप्रणालि ध्वस्त मात्रै भोग्न पाएका छन जनताहरुले , गम्भीर समस्या मात्रै देखाएर तपाईं हामी क्रान्तिकारी कम्युनिस्ट युवाहरुलाई छुट पाईदैन हामीले विकल्प सहितको लडाइँमा हामी छौ र , यस्को विकल्पमा हामीले भनेको वैज्ञानिक समाजजवादी व्यवस्था हो , जस्ले जनताहरुलाई जमिनमाथिको जन्मसिद्ध अधिकार दिन्छ,

पुर्णरुपमा शिक्षा,स्वास्थ निशुल्क गर्दछ् युवाशक्तिलाई अर्थात हरेक जनताहरुलाई योग्यता अनुसारको काम र आवश्यकता अनुसारको दाम दिने प्रणाली को पुर्णरुपमा लागू हुन्छ् ।यो समाजवादी व्यवस्था सत्तामा हुनेहरुले पनि भन्दै गरेको पाईन्छ तर सत्तामा हुनेहरुकेवल भोटबैङक र जनता झुक्याउन भनेको पाईन्छ तर यस्कालागी सडक संघर्षमा भने हाम्रो पार्टी मात्रै रहेको जताततै देख्न सकिन्छ !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.