
सन्तोष धानुक: जेठ १६ ,भीमदत्त नगरपालिका वडा नं ४ मा जेष्ठ नागरिक, दलित तथा विपन्न वर्गलाई लक्षित गर्दै सामग्री वितरण कार्यक्रम तथा स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन समारोह सम्पन्न भएको छ।
वडा अध्यक्ष सुशील कुमार भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख पदम बोगटी प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो । नगर उपप्रमुख निलम लेखक जोशी र समाजसेवी पदमराज अवस्थी विशिष्ट अतिथि रहनु भएको कार्यक्रममा वडाभित्रका जेष्ठ, दलित र आर्थिक रूपमा कमजोर नागरिकहरूलाई छाता, टर्चलगायतका सामग्रीहरू वितरण गरियो।
निकट हुँदै गएको बर्सायाम र तराइको यो उखर्मौलो गर्मिमा छाताको प्रयोग गर्न नगरप्रमुख पदम भोगटिले जेष्ठ नागरिकलाई सुझाव समेत दिएका थिय ।
कार्यक्रमकै अवसरमा वडा नं ४ मा निर्माण सम्पन्न भएको स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन समेत गरियो। स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि स्थानीय नागरिकहरूले सहज रूपमा आधारभूत स्वास्थ्य सेवा लिन सक्ने विश्वास गरिएको छ।
कार्यक्रममा स्थानीय प्रतिनिधिहरू, समाजसेवी, कर्मचारी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

